मंगलबार भक्तपुरमा फेला परेका दुई कोरोना संक्रमित बसेको क्षेत्र सिज गरिएको छ । पूर्वगृह मन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका प्रहरी जवान बसेको दुवाकोट क्षेत्र र नर्स बसेको नयाँ ठिमी क्षेत्रलाई सिज गरिएको भक्तपुरका प्रहरी प्रमुख सविन प्राडाले जानकारी दिए ।
मंगलबार भक्तपुरमा दुई, काठमाडौँ एक जनासहित थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
थप व्यक्तिहरुमा संक्रमण रोकथामका लागि उनीहरु बसेको क्षेत्रमा आवतजावत पूर्ण रुपमा बन्द गरिएको प्रमुख प्राडाले बताए ।
कोरोना संक्रमण रोक्नकै लागि सरकारले बुधबार लक डाउनलाई थप कडाइ गरेको छ ।