मलेसियामा ५५ नेपालीमा कोरोना संक्रमण पुष्टि

मलेसियामा ५५ नेपाली कामदारमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मलेसियाका विभिन्न भागमा वैदेशिक रोजगारीका क्रममा रहेका ५५ नेपालीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको गैरआवासी नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी दिए । जसमध्ये हालसम्म ३ जना निको भएका छन् ।

उनका अनुसार मलेसियन सरकारले कोरोना संक्रमित विदेशी नागरिकलाई आफ्नै देशको नागरिक सरह उपचार गर्दै आएको छ । कोरोनाको संत्रास फैलिएपछि एनआरएनए मलेसियाले दूतावाससँग सहकार्य गर्दै समस्यामा परेका नेपालीलाई राहत वितरण गर्दै आएको भट्टराईले जानकारी दिए ।



उनले खाद्यान्न अभाव झेलिरहेका तथा बिरामी भएका असक्त, अपाङ्ग भएका र कम्पनीले हेरचाह नगरेका नेपाली श्रमिकलाई समस्या परे एनआरएनए मलेसियालाई सम्पर्क गर्न अनुरोध गरे ।

सम्बन्धित समाचार