विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९८ हजार ८३ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४४ लाख २८ हजार २३६ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार १५२ जनाले ज्यान गुमाएका छन् भने ८६ हजार २८७ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १६ लाख ५४ हजार ८८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २४ लाख ७१ हजार २३२ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ९३२ जनाको अवस्था गम्भीर छ ।
कोरोना भाइरसको महामारीले अमेरिकामा ८५ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८५ हजार ८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १७९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख २८ हजार ८१५ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख ७ हजार ८९३ जना उपचारपछि निको भएका छन् ।
नेपालमा भने २४५ जना संक्रमित देखिएकोमा ३५ जना उपचारपछि घर फर्किएका छन् ।