धार्मिक क्षेत्रमा लकडाउनको प्रभाव

मुलुकमा भएको लकडाउनको प्रभाव धार्मिक क्षेत्रहरूमा पनि परेको छ । कोरोना भाइरसका कारण विश्वभरी भैरहेको लकडाउन नेपालको प्रसिद्ध धार्मिक केन्द्र देवघाटमा पनि परेको देखिन्छ ।

देवधाटस्थित विभिन्न मठ मन्दिरहरूमा भक्तजनको उपस्थिति पूर्ण रूपमा निषेध गरिएको छ । हरिहर मन्दिर देवधाटका पिठाधीस स्वामी ज्ञानानन्दका अनुसार यस मन्दिरअन्तर्गत सञ्चालित विद्यालय पनि ठप्प छ ।



गुरुकुल शिक्षा पद्दतिद्वारा अध्यापनको कार्य पनि यतिबेला सञ्चालनमा छैन । आश्रममा रहेका साधु शन्तहरू यतिबेला प्रवचन सुन्न पाउँदैनन् । मन्दिरको सन्ध्या आरतीमा कल्पवासमा रहेका करिब ५ सय भक्तजन मन्दिरको आरती, आश्रममा हुने प्रवचन, र नित्य चल्ने वेदको ध्वनि सुन्न पनि नपाइरहेको गुनासो गर्दछन् ।

देवधाटमै बस्ने प्रध्यापक रामु अधिकारी लकडाउनले गर्दा दिक्क छन् । चितवन र तनहुँस्थित विभिन्न क्याम्पसमा पढाउने उनी देवधाटको परिवेश भिन्न भएको र आफू कुनै धार्मिक क्षेत्रमा नबसेको अनुभव गरेका छन् । गुरुकुलीय शिक्षा पद्दतिद्वारा पढाइ हुने परमानान्द संस्कृत विद्यापिठ, वेदवेदाङ्ग विद्यालय र महेश संस्कृत गुरुकलमा आवासीय रूपमा रहेका करिब ६ सय विद्यार्थी लगभग सबै आ–आफ्नो घर गएका छन् ।

दैनिक प्रवचन गर्ने विद्वान व्याक्तिहरूले पनि समयसापेक्ष अनलाइन लाइभ प्रवचन गर्ने गरेका छन् । कालिगण्डकी र सप्तगण्डकीको दोभान बेनीमा नृत्यस्नान गर्ने व्याक्तिहरू पनि न्युन भएको गलेश्वर आश्रमको व्यवस्थापन हेरिरहेका स्वामी अध्वेयतानन्द बताउँछन् । यसरी बिहान बेलुका गरिने तृत्यकर्म, सन्ध्या आरती र सत्तसंघको कार्यक्रम पनि लकडाउनले पूर्ण प्रभावमा परेको छ ।

सम्बन्धित समाचार