शेयर कारोबार बिहीबार देखि पुनः बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ ।
सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न निदेर्शन दिएको थियो। सरकारले दिएको निर्देशासँगै नेप्सेले मंगलबार देखि दिनको दुई घण्टाका लागि बढीमा २ प्रतिशतसम्म उतारचढाव हुने गरी कारोबार खुल्ला गरेको थियो ।
मंगलबार र बुधबार कारोबार भयो । कारोबार भएका दुवै दिन नेप्से नकारात्मक सर्किट लागेर र्निधारीत समय अघि नै बन्द भएको थियो । सरकारले फेरि बिहीबारदेखि लकडाउनमा कडाई गरेपछि नेप्सेले पनि लगानीकर्ताको स्वास्थ्यलाई ध्यान दिई कारोबार बन्द गरेको हो ।
दुई दिन बजार सञ्चालन गर्दा एक तिहाई कर्मचारीबाट कारोबार सञ्चालन गर्न भनिएको थियो । तर ब्रोकर कार्यालयमा भिडभाड बढेको र सरकारले पनि लकडाउनलाई कडाई गरेपछि बोर्डले कारोबार बन्र्द गर्न निर्देशन दिएको हो ।
दई दिनसम्म कारोबार हुुँदा नेप्से करिब ५० अंकले घटेर १ हजार २ सय १ अंकमा बन्द भएको छ।