धेरै मानिस दैनिक जम्मा हुने कालिमाटी तरकारी बजारमा कोरोना भाइरसको संक्रमण परीक्षण गराउन स्वाव संकलन भइरहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण विभागबाट खटिएका स्वास्थ्य टोलीले कालीमाटी बजार पुगेर सर्वसाधरणको स्वाव संकलन गरेको हो । बिहान ११ बजेदेखि सुरु भएको स्वाव संकलन अपरान्ह ५ बजेसम्म जारी रहने जनाएको छ ।
काठमाडौँ उपत्यका समेत संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयले परिक्षणलाई तीव्रता दिइहरको छ भने सर्वसाधरणले पनि उत्सुकता पूर्वक कोरोना परिक्षण गराइ रहेका छन् । परिक्षण गराउन चाहनेको लामो लाइन तरकारी बजारभित्र देखिएको छ ।
अहिलेसम्म पाँच सय ३६ जनाको परिक्षणका लागि नमुना संकलन गरिएको छ । जसमध्ये दुई सय जनाको पिसिआर गरिएको छ भने बाँकीको आरडिटी परिक्षणका लागि नमुना संकलन गरिएको हो ।