काठमाडौं उपत्यकामा लकडाउन थप कडाइ गरिने

काठमाडौं उपत्यकामा फेरि लकडाउनमा कडाइ गरिने भएको छ ।

गृह मन्त्रालयमा बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुर तीनै जिल्लाका सिडिओ, उपत्यकाका मेयरहरु, उपत्यका प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसहितको बैठकले बाहिरबाट काठमाडौं प्रवेश गरेकामा कोरोना भाइरस संक्रमण देखिएपछि लकडाउन कडाइ गर्ने निर्णय गरेको बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।



बैठकले उपत्यका प्रवेश गर्ने नाकामै कोरोना भाइरस संक्रमण परीक्षण गर्ने र काठमाडौं उपत्यकामा लकडाउनको स्थितिलाई वैशाख २४ अघि फर्काउन सुझाव दिएको ती अधिकारीले जानकारी दिए । उपत्यकामा लकडाउनबीच वैशाख २५ पछि खुलाउने निर्णय भएका संघसंस्थाहरुलाई पुन : बन्द गराउन सुझाव दिइएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो तीन दिनमा चार जना संक्रमित भेटिएका छन् जसमा तीन जना केही दिनअघि काठमाडौं भित्रिएका थिए । कपिलवस्तुबाट काठमाडौँ उपचारका लागि आएकी एक बालिकामा समेत कोरोना भाइरस संक्रमण देखिएको छ ।

गृह मन्त्रालयले केहीबेरमा औपचारिक निर्णय सार्वजनिक गर्दै छ ।

सम्बन्धित समाचार