नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
विज्ञप्ति अनुसार भेरी अस्पताल नेपालगञ्ज र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाँके ८ जना र मकवानपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छ । उनीहरु सबै पुरुष हुन् ।
नेपालमा संक्रमितमध्ये ३५ जना उपचारपछि घर फर्किएका छन् ।