काठमाडौंमा हिँड्न यी क्षेत्रमा काम गर्नेलाई सवारी पास चाहिने छैन

गृह मन्त्रालयले यसअघि जारी भएका सम्पुर्ण सवारी पास रद्ध गरेसँगै विभिन्न जिल्लाले सवारी पास चाहिने र नचाहिने क्षेत्र सार्वजनिक गर्न थालेका छन् ।

काठमाडौं जिल्ला प्रशासनले शुक्रबार सवारी पास नचाहिने क्षेत्रको सूची सार्वजनिक गरेको छ ।



प्रशासनका अनुसार एम्बुलेन्स, शव बाहन, औषधी तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औधोगिक कच्चा पदार्थ र तयारी मालबस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य बस्तु, पशुपंक्षीजन्य आहरा, खसी बोका, राँगा, कुखुरा(माछा, तरकारी, फलफुल, निर्माण सामग्रीहरु, बोकेका सवारी साधनहरुलाई सवारी पास बिना आवतजावत गर्न दिइनेछ ।

अन्यको हकमा नियामक निकाय भए उनीहरुले पास जारी गर्ने र नियामक निकाय नभए जिल्ला प्रशासन कार्यालयले सवारी पास जारी गर्ने प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार