दिवंगत अभिनेता ऋषि कपूरकी छोरी ऋद्धिमाले बुवालाई मन पर्ने गेमको फोटो सार्वजनिक गरेकी छन् । उनले ऋषिलाई स्क्राबल खेल अति नै मन पर्ने बताएकी छन् ।
ऋषिले यो ‘गेम’ न्यूयोर्कमा ल्यूकेमियाको उपचार गरीरहेको समयमा किनेका थिए । उनलाई समय कटाउनको लागि त्यो बेलामा यो गेमले धेरै नै मद्दत गरेको ऋद्धिमा सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।
ऋषि कपूरको स्मरणलाई ताजा बनाइरहेकी ऋद्धिमाले आफ्नो इन्स्टाग्राम स्टोरीमा तीन ओटा तस्बिर सार्वजनिक गरेकी थिइन् । दुई मा ऋषि कपूर, नितु कपूर, आलिया भट्ट, रणवीर कपूर थिए भने तेस्रोमा उनले स्क्राबल खेलको तस्बिर राखेकी थिइन् । यो तस्बिरमा ऋद्धिमाले भनेकी छन्, ‘मेरो बाबालाई उनको यो स्क्राबल धेरै नै मन पथ्यो, उहाँले यसलाई न्यूयोर्कमा किन्नुभएको थियो ।
ऋषि कपूर खेलका सोखि थिए भन्ने बारेमा महानायक अमिताभ बच्चनले पनि बताइसकेका छन् । उनले आफ्नो ब्लगमा ऋषिलाई बोर्ड गेम धेरै नै मन पर्ने बताएका थिए। बच्चनका अनुसार चलचित्र छायंकनको समयमा पनि ऋषि थोरै खाली समय भयो की बोर्ड गेम लिएर खेल्न बसिहाल्थे ।
डेढ वर्षसम्म ल्यूकेमियाबाट पीडित कपूरको अप्रिल ३० मा निधन भएको हो ।