भारतले कोरोना भाइरसको परीक्षणका लागि प्रयोग हुने किट तथा अत्यावश्यक स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई परीक्षण किट तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।
माईल्याबले उत्पादन गरेको किट हस्तान्तरण गरेको हो । यसअघि वैशाख १० गते राजदूत क्वात्राले सरकारलाई भारतका तर्फबाट २३ टन औषधि हस्तान्तरण गरेका थिए ।
औषधी तथा किट कोभिड–१९ विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन प्रदान गरिएको जनाइएको छ ।