सांसद अपहरणको जाहेरी दर्ता गरिएका सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा यो निर्णय गरेको बताएको छ ।
अपराधको सूचना दर्ता गर्दा दिइएको सूचना पुष्टि हुने आधार हालसम्मको अनुसन्धानबाट फेला नपरेको काठमाडौंका सहन्यायाधिवक्ता नुमराज खनालले बताएक छन् । पछि प्रमाण फेला परे पुनः अनुसन्धान हुने गरी तामेलीमा राखिएको उनले बताएका छन् ।
सरकारी वकिल कार्यालय काठमाडौंले जनता समाजवादी पार्टीका नेता नेता तथा पूर्वराज्यमन्त्री डा सुरेन्द्र यादवले आफू अपहरणमा परेको जाहेरी दिएका थिए । उनको जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीलाई सरकारी वकिल कार्यालय काठमाडौंले निर्देशन दिएको थियो ।