सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म थप्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
यसअघि आज नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउँदै थप कडाइ गर्न सरकारलाई सिफारिस गरेको थियो । बैठकले आपूर्ति व्यवस्थालाई भने सहज बनाउने निर्णय गरेको छ ।
लकडाउनलाई कडाई गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपालमा कोरोनाको कारण २ जनाको निधन भएको छ भने २९५ जना संक्रमित छन् ।