युनिटी लाइफका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु

बहुचर्चित युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार बिहान ९ बजे ४६ वर्षीय क्षेत्रीको मृत्यु भएको अस्पतालका सञ्चालक लोक बहादुर टण्डनले बताए ।

मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाई चार दिनअघि मात्रै ग्रिनसिटी अस्पतालमा ल्याइएको अध्यक्ष टण्डनले बताए । उनले भने, ‘मेडिसिटी उपचार गराइरहेका थिए, समस्या झन् झन् बढेपछि बिहीबारमात्रै क्षेत्रीलाई यहाँ ल्याइएको थियो । तर आइतबार बिहान ९ बजे उहाँको निधन भयो ।’



टण्डनका अनुसार उनलाई जण्डिस बिग्रिएपछि अस्पतालमा लगिएको थियो । सुरुमा मेडिसिटी अस्पतालमा उपचार गरिएको भएपनि उनको स्वास्थ्यमा सुधार नआएपछि क्षेत्रीलाई ग्रिनसिटीमा ल्याइएको थियो । अस्पताल ल्याउँदा नै क्षेत्री होसमा नभएको टण्डनले बताए ।

अत्याधिक मदिरा सेवनका कारण क्षेत्रीको मल्टीअर्गान फेलिएर भएको टण्डनले बताए ।

सम्बन्धित समाचार