प्रधानमन्त्री ओलीले भोलि संसदमा जवाफ दिने

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममाथिको छलफल सकिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा छलफलका क्रममा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओली दिने भएका हुन् ।

संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा मंगलबार दिउँसो १२ बजे ओलीले संसदमा नीति कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनेछन् ।



आइतबार र सोमबार भएको छलफलमा प्रतिनिधिसभाका एक सय १० जना सांसदले भाग लिएका छन् ।

आइतबार ३९ जना र सोमबार ७१ जनाले नीति कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए । सत्ता पक्षका सांसदहरुले नीति कार्यक्रमका सक्त बचाउ गरेका छन्, भने विपक्षी दलका सांसदहरुले देशको वास्तविक समस्या समाधान गर्ने गरी नीति कार्यक्रम नआएको भन्दै आलोचना गरेका छन् । यस्तै राष्ट्रियसभामा पनि नीति कार्यक्रमकाथिको छलफल सकिएको छ ।

सम्बन्धित समाचार