सामान २४ घण्टा छुट्टै राखेपछि मात्रै ढुवानी गर्न आग्रह

सडक सञ्जालमा नजोडिएको हुम्लामा ढुवानी हुने अत्यावश्यकीय सामानहरु २४ घण्टा पहिले नै नेपालगञ्ज र सुर्खेत विमानस्थलमा राख्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

बिना जाँच र बजारबाट आएका सामानहरु हुम्लामा सिधै भित्रिन थालेपछि यस्तो आग्रह गरिएको हो । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भएका कारण सावधानी स्वरुप यस्तो व्यवस्था अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले बताइन् ।



नेपालगञ्ज तथा सुर्खेतबाट हाल दैनिक पाँचदेखि सात वटा विमान मार्फत समान ल्याइने गरेको छ । जिल्ला उद्धार व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बिना चेक दैनिक उपभोग्य सामानदेखि विकास निर्माणका सामान र तरकारी आउन थालेपछि कोरोना भाइरसको संक्रमणको जोखिम हुने भएको भन्दै सम्बन्धित निकायहरुलाई यस्तो आग्रह गरिएको हो ।

सम्बन्धित समाचार