प्रधानमन्त्री केपी ओलीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको नेपाली भूभाग सरकारले फिर्ता लिएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘विवादास्पद भनिए पनि त्यो भूभाग नेपालको हो हामी कुटनीतिक तवरबाट फिर्ता लिएर छोड्छौँ ।’
प्रधानमन्त्री ओलीले अब कालापानी तथा लिम्यिाधुराको कुरा ओझेलमा नपर्ने बताए । ‘अब कालापानी वा लिम्पियाधुराको विषय अझेल पर्दैन। अब फिर्ता लिएर छाड्छौँ। हामीलाई कोही रिसाउँछ कि भन्ने डर छैन, किनकी त्यो हाम्रो भूमि हो। कूटनीतिक तवरणले कुरा गरेर फिर्ता ल्याइनेछ’, ओलीले भने ।
उनले अघि भने, ‘हामीले लिम्पियाधुरा, कालापानीसहितको नक्सा पारित गरेका छौँ, आज-भोलिमै जारी गछौँ ।’
प्रधानमनत्रीले संविधानको अनुसूचि ३ संशोधनको विषय संशोधनका लागि पेश गरिने बताए ।
‘अरु विषयमा छलफल गर्न सकिन्छ। यो विषय तत्कालिक महत्वको विषय हो। संशोधन प्रस्ताव संसदमा आउनेछ। त्यसपछि दुविधारहित ढंगले जाने हाम्रो बाटो पूरा हुन्छ। त्यो संशोधन पारित गरेका दिन देशमा दिपावली हुनेछ राष्ट्रियताको पक्षमा।’, ओलीले भने ।