नेपाली महिलामाथि अपमान गरेको भन्दै बलिउड अभिनेत्री अनुष्काविरुद्ध मुद्दा

नेपाली महिलालाई अपमान गरेको भन्दै भारतीय अभिनेत्री अनुष्का शर्माविरुद्ध मुद्दा दर्ता गरिएको छ ।

अल अरुणाञ्चल प्रदेश गोर्खा युथ वेलफेयर एसोसिएसनले मानव अधिकार आयोग र अरुणाञ्चल प्रहरीमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



अनुष्का निर्मात्री रहेको ‘पाताल लोक’ नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि निम्न स्तरको शब्द प्रयोग गरिएको थियो । नेपाल तथा भारतमा रहेका नेपालीहरूले सामाजिक सञ्जालमार्फत् अनुष्कालाई भिडिओबाट उक्त शब्द तत्काल हटाउन माग गर्दै आएका छन् ।

गोर्खा समाजले नेपाली समुदायको मानहानी गरेको उल्लेख गरेका छन्। त्यस्तै, दार्जिलिङकी अञ्जनी शर्माले समेत नयाँ दिल्लीस्थित् मानव अधिकार आयोग र साइबर क्राइम ब्युरोमा उजुरी दिएकी छन् ।

१५ मेमा सार्वजनिक गरिएको पहिलो सिजनको एपिसोडमा नेपाली महिलालाई लक्षित गर्दै तुच्छ गाली प्रयोग गरिएको छ। उक्त शब्दप्रति नेपाली कलाकारहरुले समेत विरोध जनाएका छन् ।

सम्बन्धित समाचार