नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइरालामाथि खनिए भारतीय मिडिया

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्शा जारी गर्ने निर्णय गरेपछि भारतीय मिडियामा यस्को विभिन्न कोणबाट बिरोध भैरहेको छ । नेपाल सरकारको यो निर्णयलाई स्वागत गरेकी नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालालाई भारतीय मिडियाले खरो रुपमा बिरोध गरिरहेका छन् ।

नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा मनिषले गरेको ट्वीटलाई लिएर भारतीय मिडियाहरु उनीमाथि खनिएका हुन् । मनिषाको यो ट्वीट उनका भारतीय प्रशंसकले पनि आपत्ति जनाइरहेका छन् ।



परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी थिइन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’उनको यहि ट्विट भारतीय मिडियालाई असैह्य भएको छ । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।

‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको भए पनि आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ ।

https://www.facebook.com/103201411302835/videos/259226885441811/

 

सम्बन्धित समाचार