मौसम पूर्वानुमानः पूर्वी क्षेत्रमा दिनभर वर्षाको सम्भावना

बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा देखिएको छ । अम्पुन नामको शक्तिशाली चक्रवातको प्रभावले नेपालको पूर्वी र मध्य क्षेत्रमा वर्षा भएको छ । अहिले पनि पूर्वका केही ठाउँमा वर्षा भईरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिईन् ।

उनका अनुसार पूर्वका धेरै ठाउँमा आज दिनभर नै मौसम बद्लीभई पानी पर्ने सम्भावना छ । तर, चक्रवात कमजोर बन्दै गएकाले अब मध्य क्षेत्रको मौसम भने खुल्दै जाने मौसमविद् सजिना शाक्यले बताइन् ।



अहिले मध्य क्षेत्रको मौसम सामान्य बद्ली भए पनि रातिदेखि बिस्तारै मौसम खुल्ने जाने छ ।

सम्बन्धित समाचार