‘सरकार ! हजारौँ रकम तिरेर नागरिकले पीसीआर परीक्षण गर्न सक्दैनन्’

हाम्रो नेपाल सुशासन अभियानले निजी अस्पतालहरुले हजारौँ रकम लिएर कोरोना संक्रमणको परीक्षण गर्ने कुरामा ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानले एक विज्ञप्ति जारी गर्दै हाल सम्म कुनै प्रत्यक्ष सहयोगी भूमिका निर्वाह समेत नगरेका निजी अस्पतालहरुले महँगो मूल्यमा परीक्षण गर्ने कुरा नेपाली नागरिका लागि थप पीडा थप्नु रहेको जनाएको हो



‘यो महामारीबाट नेपाली नागरीकलाई बचाउने र मुक्त गराउने सरकारको दायित्व हो। यो नाफा कमाउने बेला होइन न त जिम्मेबारी पन्छाउने समय हो’, अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अभियानले यो मिलेमतोमा कमाउ धन्दा फस्टाउने बेला नरहेकोतर्फ सरकारलाई खबरदारी गरेको छ । साथै अभियानले कोरोनाको जोखिममा रहेकाहरुलाई राखिने क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनका मापदण्ड अनुसारको सरसफाइ र अन्य व्यवस्थापन मिलाउन माग गरेको छ ।

‘अहिले क्वारेन्टईनमा विश्व स्वास्थ्य संगठनको मापदण्डको आधारमा पर्याप्त सुविधा र सुरक्षा र यथोचीत व्यवस्थापन नभएकोले त्यहाँबाटै कोरोनाको संक्रमणको खतरा बढेको विषय अवगत भैरहेको हुँदा यसमा सुविधा, सफाई, दूरीकायम र सुरक्षा लगायत निर्धारित मापदण्डहरुको परिपालना तर्फ पर्याप्त ध्यान पुगोस् ’ विज्ञप्तिमा उल्लेख छ ।

साथै विदेशमा अलपत्र परेका नेपालीहरुलाई थप पीडा, कष्ट र दुःखबाट जोगाउन र संविधान प्रदत्त नैसर्गिक हक अनुसार स्वदेश फर्काउने कुशल व्यवस्थापन गर्न पनि अभियानले माग गरेको छ ।

सम्बन्धित समाचार