आफ्नो देश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारअगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गरेका चार चिनियाँ नागरिक पाँच हजार धरौटी बुझाएर छुटेका छन् । उनीहरू चारै जनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पाँच–पाँच हजार बुझाएर छुटेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।
‘हिजो चारै जनाले पाँच–पाँच हजार बुझाएर धरौटीमा छुटेका हुन्,’ उनले भने। उनीहरू विरूद्ध अभद्र व्यवहारको मुद्दा महानगरीय प्रहरी वृत्त, सिंहदरबारले अघि बढाएको थियो। वैशाख २६ गते ४७ चिनियाँ नागरिकले सिंहदरबार अगाडि निषेधित क्षेत्रमा प्रदर्शन गरेका थिए। नियन्त्रणमा लिने क्रममा प्रहरी र चिनियाँ नागरिकबीच झडप भएको थियो।
प्रहरीले सोही दिन ४३ जनालाई छाडेको थियो भने प्रहरीको बर्दी समात्ने तथा हातपात गर्ने चार जना विरूद्ध मुद्दा चलाएको थियो।