शुक्रबार देखिएका ३० संक्रमित सर्लाही, चितवन, कपिलवस्तु र नवलपरासी जिल्लाका

शुक्रबार बिहान पुष्टि भएका थप ३० जनामा कोरोना भाइरसको संक्रमितमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्। चितवनको भरतपुर महानगरपालिका-६ का ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोरोनाको संक्रमण पुष्टि भएको छ।

बाँकी संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो।



योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ।

 

सम्बन्धित समाचार