शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय बमोजिम सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गराएको छ ।
आज बसेको मन्त्रीपरिषद्ले नेपालको अतिक्रमित भूमीसहितको नक्सालाई कानूनत् पास गर्नका लागि संविधान संशोधन गर्न लागेको हो । त्यसै अनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।
नेपालको निशान छापमा सरकारले जारी गरेको नयाँ भू-भागहरु समेटिएका छैनन् ।
संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम सञ्चार एवम सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै जानकारी दिए ।