नेपालमा बिहानै ३२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले अध्यावधिक गरेको विवरणअनुसार ३२ जना संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको परीक्षणका क्रममा थप ३२ जना संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, सर्लाहीको गोडैता र कविलासी नगरपालिकाका १३ जना, बाराको करैबामाइ गाउँपालिकाका एक जना, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा आठ जना, चितवनको भरपुर ६ मा एक जना र काठमाडौंमा एकजना नयाँ संक्रमित पहिचान भएको हो।
संक्रमितमध्ये ७० जना उपचारपछि घर फर्किएका छन् भने ३ जनाको निधन भैसकेको छ ।