ग्राण्डी अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण

कोरोना भाइरस संक्रमित काठमाडौंका ३५ वर्षीय पुरुष धापासीस्थित ग्राण्डी अस्पतालमा उपचाररत रहेको खुलेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शुक्रबार थपिएका संक्रमित काठमाडौंका संक्रमित व्यक्ति ग्राण्डी अस्पतालमा उपचाररत भएको पुष्टि गरे । तर, अन्य बाँकी विवरण आइनसकेको उनले बताए ।



यस्तै, शुक्रबार संक्रमण पुष्टि भएको मकानपुर स्थायी ठेगाना भएकी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा टान्सप्लान्ट सेन्टरमा उपचाररत बिरामीमा संक्रमण भएको थियो ।

नेपालमा अहिलेसम्म ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। ७० जना भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट अहिलेसम्म ३ जनाको ज्यान गएको छ ।

सम्बन्धित समाचार