उदितनारायण झा र मनिषा कोइराला बीच यही कारण भिन्नता छ

मनिषा कोइराला र उदित नारायण झा दुवै भारतमा जन्मेका हुन, उदित विहारमा अनि मनिषा बनारसमा । उनीहरूलाई भारतिय भूमिमा जन्मदिनु उनीहरूका अभिभावकको बाध्यता थियो । मनिषाको परिवार राजनीतिक कारणले भारतमा निर्वासित थियो भने कोशीको बाढीको डरले सप्तरी भारदहको उदितनारायणको परिवार उदितकि आमाको माइति कोशी पारि विहारमा आश्रय लिइ रहेको थियो । बाढीको डर घटेपछि उदितको परिवार नेपाल फर्कियो ।

बेला बखत माइती मावली आउनु जानु स्वभािवकनै हो । उदित नेपालमै हुर्किए, रेडियो नेपालमा जागिर खाए ,खुव राम्रा गितहरू गाए ।वर्षमा एउटा पनि चलचित्र नबन्ने बेलामा बनेका चलचित्रहरूमा गीत गाउने मौका पाए । कुनै बेला सप्तरीको भारदह उदितको घरको कारणले प्रसिद्ध थियो । थप अवसरको खोजीमा भारतीय राजदूतावासले प्रदान गरेको छात्रवृत्ति प्राप्त गरेर भारत गए अनि केही समय संघर्ष गरेपछि भारतीय चलचित्र उद्योगमा पाश्वर्व गायकको रूपमा स्थापित भए ।



त्यसपछिका दिनमा उनले कहिल्यै खुलेर प्रष्ट रूपमा म नेपाली हु भनेर भनेनन् । पहिले पहिले गोलमटोल जवाफ दिन्थे पछि पछि खुलेरै म भारतको विहारमा जन्मिएको हु भन्न थाले। यता मनिषा कोइराला बनारसमै हुर्किन, पढिन, बढिन अनि दिल्लीबाट उच्च शिक्षा हासिल गरिन । कलेजको लामो विदामा नेपाल आएका बेला एउटा वि१ापन अनि नेपाली चलचित्र फेरि भेटौलामा अभिनय गरिन । जब हिन्दी चलचित्रमा काम गर्न थालिन उनको परिचय प्रष्ट थियो नेपाली ।

उनी पनि भारतीयको सहानुभूति पाउन अथवा राम्रा चलचित्र पाउन म भारतमा जन्मे हुर्केको म त एक प्रकारले भारतीयनै हुँ भन्न सक्थिन तर उनले त्यसो कहिल्यै भनिनन् । जसरी उदितनारायणलाई संघर्ष गर्न गार्हो भयो उनलाइ पनि भयो होला त्यस्ता एक से एक विश्व सुन्दरीहरू थिए उनको समयमा उनका समकक्षी, उनीहरूसंग प्रतिस्पर्धा गर्न ।

यति लामो गन्थनको निचोड, देश बाहिर जन्मिदैमा अथवा कामको सिलसिलामा कुनै देशमा बस्नुको अर्थ आफ्नो आदर्श र स्वाभिमान अनि भक्ति पनि त्यसैमा समर्पण गर्नु होइन भन्ने कुरा मनिषाले प्रमाणित गरेकी छिन । उदित नारायणजीसंग पनि कुनै गुनासो छैन, राष्ट्र प्रेम आत्माले महशुश गर्ने कुरा हो , त्यो उहाँले गर्न सक्नु हुन्न अथवा चाहानु हुन्न भने उहाँमाथि जवरजस्ति राष्ट्रियभाव जगाउन नेपालीले कसरत गर्नुको कुनै तुक छैन ।

सम्बन्धित समाचार