मौसम पूर्वानुमानः आगामी ३ दिन हावाहुरीसहित वर्षा

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले विहिबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सी (विहिबार)सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भाग आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।



सम्बन्धित समाचार