गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजाहरीमा दलित युवाको हत्या भएको घटनाको सत्यतथ्य थाहा पाउनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको जानकारी दिएका छन् ।
घटनाबारे प्रतिनिधिसभालाई मंगलबार जानकारी दिँदै मन्त्री थापाले सो घटनाका दोषीलाई कारवाही गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले भनेका छन्, ‘यो अति दुःखद घटना हो । सिंगो राष्ट्र स्तब्ध छ । दोषीलाई कडा भन्दा कडा सजाय दिनका लागि सरकार प्रतिवद्ध छ ।
यसअघि राष्ट्रियसभा जवाफ दिँदै घटना जातिय अहंकारवादका कारण भएको बताउँदै दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको जानकारी दिएका थिए ।