रुकुमको चौरजहारी घटनापछि बेपत्ता रहेका तीनजनाको खोजीका लागि तालिमप्राप्त गोताखेरको टोली भेरी नदीमा खटिएको छ। गाउँलेहरुको आक्रमणपछि नदीमा हाम फालेका भनिएका तीनजनाको शव फेला परेको छ भने अन्य तीनजना अझै बेपत्ता छन् ।
उनीहरुको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलको जाजरकोटस्थित आश्रित गुल्म बाट डीएसपीको कमाण्डमा चार जना गोताखोरसहित ११ जना र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुम बाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको हो ।
जाजरकोटको नवराज बिक प्रेमिकालाई लिन १९ जना युवाका साथ रुकुमको चौरजहारी पुगेपछि केटी पक्षका आफन्त र गाउँलेले आक्रमण गरेका थिए । गाउँलेको आक्रमणमा परी तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन् ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। केटी पक्षका २० जनाकाविरुद्ध किटानी जाहेरी परेको छ ।