बाँकेमा थप १६ जनामा कोरोना पुष्टि, सङ्क्रमित १७० पुगे

बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण रोकिन आजसम्म रोकिन सकेको छैन । जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् ।

आज जिल्लाका चार स्थानीय तहका १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज बाँकेका बैजनाथ गाउँपालिकामा ६, राप्तीसोनारी सात, डडुवामा दुई र खजुरामा एक जनामा सङ्क्रमण देखिएको हो ।



जिल्लामा नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्न पुगेको छ । नरैनापुरमा मात्र एक जनाको ज्यान जाने गरी ११४ जनामा कोरोना सङ्क्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताए । बाँकेका २२ कोरोना सङ्क्रमित उपचारपछि निको भई घर फर्किएका छन् । आज थपिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा निर्मित आइसोलेशन केन्द्रमा राखेर उपचार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार