कोरोना संक्रमणको जोखिम बढेपछि चीनमा १२ दिनमा ६६ लाखको स्वाब परीक्षण

चीनमा फेरि संक्रमणको जोखिम बढेपछि १२ दिनमा ६६ लाखभन्दा बढीको स्वाब परीक्षण गरिएको छ ।

संक्रमणको उद्भव मानिएको वुहानमा कोरोना भाइरसको महामारी दोहोरिन सक्ने जोखिम बढेको भन्दै पछिल्लो १२ दिनमा ६६ लाख ८० हजार मानिसको स्वाब परीक्षण गरिएको जनाइएको छ ।



ब्लुम्वर्ग न्युजका अनुसार परीक्षण गरिएकामध्ये २ सय ६ जनालाई लक्षण बिनाका संक्रमितको सूचीमा राखिएको छ । वुहानमा १ करोड १० लाख मानिसमा कोरोना भए नभएको थाहा पाउन भन्दै त्यहाँ १२ मेदेखि नै स्वाब परीक्षण सुरू गरिएको छ ।

कोरोना महामारी अन्त्य भएको घोषणापछि त्यहाँ ७६ दिन लामो लकडाउन खुला गरिएको थियो । लकडाउन हटाइएपछि त्यहाँ फेरि नयाँ संक्रमित भेटिन थालेपछि परीक्षण तीव्र पारिएको हो ।

सम्बन्धित समाचार