सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढ्योः डा. शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले गणतन्त्र स्थापनाको १२ वर्षको अवसरमा शुभकामना दिँदै वर्तमान सरकारकै कारण गणतन्त्र गुम्ने खतरा बढेर गएको भन्दै यसमा सबैको खबरदारी जरुरी भएको बताएका छन् ।

डा. कोइरालाले १२ बुँदे सहमतिको जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत सबैलाई शुभकामना दिँदै शहिदहरुप्रति उच्च सम्मान पनि व्यक्त गरेका छन् ।



उनले जुन लक्ष्य र अभिलाषाले गणतन्त्र स्थापना भएको हो त्यो अझै पुरा हुन नसकेको पनि बताए । डा। कोइराला तत्कालिन अवस्थामा १२ बुँदे सहमति गराई शान्ति स्थापना गराउन सक्रिय रहेका थिए ।

 

https://www.facebook.com/permalink.php?story_fbid=1732250156934304&id=100004480098892

सम्बन्धित समाचार