सरकारले यसअघि उपलब्ध गराउँदै आएको सबै किसिमका सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिने भएको छ ।
संसदमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिएको बताएका हुन् ।
जसका लागि सरकारले ६७ अर्ब ५० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।