कोरोना भाइरसबाट विश्वभर ३ लाख ६२ हजारको मृत्यु, ५९ लाखभन्दा बढी संक्रमित

कोरोना भाइरसको महामारीबाट विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार १० पुगेको छ । ५९ लाख ४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १ लाख १६ हजार ३०४ जना नयाँ संक्रमित थपिएका छन् भने ५ हजार ६१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २५ लाख ७९ हजार ५३४ जना संक्रमण मुक्त भएका छन् ।

शुक्रबार बिहान ७ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ७१ हजार ५६८ जनाको मृत्यु भएको छ । १९ लाख ६९ हजार ८९९ जना संक्रमित भएकोमा ९ लाख ४८ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।



उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २० हजार ६२३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १९ लाख ८४ हजार ६७७ पुगेको छ । त्यसमध्ये ६ लाख २४ हजार ५७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरुमा २९ हजार १२० जनाको मृत्यु भएको छ । १० लाख ५१ हजार २६६ जना संक्रमित भएकोमा ६ लाख २१ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ३६ हजार ७३३ जनाको मृत्यु भएको छ । ७ लाख ५७ हजार ४८८ जना संक्रमित भएकोमा ३ लाख २० हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ८१४ जनाको ज्यान गएको छ भने १ लाख ३१ हजार ५८७ जना संक्रमित छन् । संक्रमितमध्ये ५५ हजार १२६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२५ जनाको मृत्यु भएको छ । ८ हजार ७५९ जना संक्रमित भएकोमा ८ हजार १६२ जना संक्रमणमुक्त भएका छन् । कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ३ हजार ३३० जनाको मृत्यु भएको छ । संक्रमित १७ लाख ६८ हजार ४६१ जनामध्ये ४ लाख ९८ हजार ४२५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा १ हजार ४२ जनामा संक्रमण देखिएकोमा १८७ जना उपचारपछि घर फर्किएका छन् । ६ जनाको निधन भैसकेको छ ।

सम्बन्धित समाचार