प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको काठमाडौँको माइतीघरस्थित खम्बामा फहराइरहेको नेपालको राष्ट्रिय झण्डा च्यातिएको छ ।
राष्ट्रिय झण्डा च्यातिएको हप्तौँ भइसक्दा समेत त्यसलाई फेर्न कसैले ध्यान दिएका छैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि उक्त झण्डाको उद्घाटन गरेका थिए ।
राजधानीको मुटु मानिने माइतीघरको बीच खम्बामा फहराइरहेको झण्डा च्यातिएर झुत्रो भइसक्दा समेत त्यसलाई नफेरिनु दुखद रहेको झन्डाको फोटो तस्बिर खिचिरहेका एक सर्वसाधारणले बताए ।