सञ्जु अमात्यको नयाँ गीत बजारमा सार्वजनिक (भिडियोसहित)

सुमधुर स्वरका धनी गायक सञ्जु अमात्यले ‘एउटा सिन्को भए पनि यही देशका निम्ती भाँच्न पाऊँ, जहाँ भए पनि जे भए पनि नेपाली भई बाँच्न पाउँ’ भन्ने नयाँ म्युजिक भिडियो हालै सार्वजनिक गरेका छन् । देश प्रेमले ओत प्रोत रहेको उक्त गीतमा शब्द र स्वर अमात्यको नै रहेको छ ।

माया, प्रेम, बिछोड, चेतना र सन्देशमूलकदेखि लिएर देशभक्ति ओतप्रोत भएका गीत गाइसकेका गायक अमात्यले ‘अल्झेछ क्यारे पछ्यौरी’ जस्ता फिल्ममा समेत स्वर दिइसकेका छन् । विगत २०-२५ वर्षदेखि गीत संगीतमा जम्दै आएका प्रतिभाशाली स्रष्टा अमात्यले थुप्रै लोकप्रिय गीतहरू गाइसकेका छन् ।



राष्ट्रभक्ति भाव बोकेका अमात्यको पछिल्लो गीत ‘एउटा सिन्को भए पनि यही देशका निम्ती भाँच्न पाऊँ, जहाँ भए पनि जे भए पनि नेपाली भई बाँच्न पाऊँ’ सार्वजनिक भएको हो ।

सम्बन्धित समाचार