संक्रमणमुक्त हुनेको संख्या २०६ पुग्यो

कोरोना भाइरसको संक्रमण निको भएर थप १९ जना संक्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पाटन अस्पतालबाट ७ ,टेकु अस्पतालबाट २, बलम्बुबाट २ र कोरोना विशेष अस्पताल दाङबाट ८ जना संक्रमितहरु संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् ।



प्रादेशिक विवरण अनुसार अहिलेसम्म प्रदेश १ बाट ३०, प्रदेश २ बाट १०२,बागमती प्रदेशबाट २०, गण्डकी प्रदेशबाट २, प्रदेश ५ बाट ४७ र सुदुरपश्चिमबाट ५ जना डिस्चार्ज भएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या २०६ पुगेको छ । तीमध्य १६२ पुरुष र ४४ जना महिला छन् ।

सम्बन्धित समाचार