कोरोनाको उच्च जोखिममा प्रहरी, संक्रमित प्रहरीको संख्या २० पुग्यो

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या २० पुगेको छ । प्रहरीमा लगातार संक्रमितको संख्या थपिँदै जान थालेको छ । प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले सप्तरीमा एक प्रहरीमा कोरोना संक्रमण देखिएको जानकारी दिए । यसअघि बारामा ७, धनकुटामा २, काठमाडौंमा २, धनुषामा २, कपिलवस्तु २ बाँकेमा २ सप्तरीमा २ जनामा संक्रमण देखिएको थियो ।

संक्रमित सबै प्रहरीलाई आइसोलेसनमा राखिएको छ । फ्रन्टलाइनमा खटिने नेपाल प्रहरीमा जोखिम देखिए पनि प्राप्त स्रोत साधनको प्रयोग गरेर सावधानीपूर्वक काम गरिरहेको बताए ।



यस्तै कालीमाटीका ११५ जनाको आरडीटी परीक्षणको नतिजा आउन बाँकी छ । कालीमाटी वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको छ । संक्रमितको सम्पर्कमा आएका सबै प्रहरी कार्यालयमै क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार