विवादास्पद एमसीसीबारे निर्णय लिन नेकपाको सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकमा एमसीसीका विषयमा साझा धारणा बनाउने प्रयत्नबारे छलफल हुने पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

एमसीसीमा पार्टीभित्र दुई धार देखिरहँदा बजेटमा नै एमसीसीको कार्यक्रम समेटिएपछि नेकपाभित्र विवाद अझ बढी चर्किएको छ ।



बैठकमा संविधान संशोधन विधेयक, कोरोना भाइरसको महामारी रोकथाममा सरकारले चालिरहेका कदम लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार