भारतबाट आएका दैलेखका थप १४ जनामा संक्रमण पुष्टि

दैलेखमा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिष्ठानका प्रयोगशाला शाखा संयोजक विवेक कुमार पुनका अनुसार नयाँ संक्रमित हुने सबै दैलेखको नारायण नगरपालिकाका हुन् ।



उनीहरु केही दिन अगाडि मात्रै भारतबाट फर्किएका थिए । नारायण नगरपालिका वडा नम्बर २, ३, ४, ५, ८, १० र ११ का १७ देखि ४१ वर्षसम्मका पुरुष रहेका छन् । योसँगै कर्णाली प्रदेशको संख्या ६० पुगेको छ ।

सम्बन्धित समाचार