भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार १८१ पुगेको हो । एकै दिन ८ हजार ३३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख ८१ हजार ८२७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये ८६ हजार ९३६ जना संक्रमणमुक्त भएका छन् ।
कोराना भाइरसको संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ ।