सारा अलि खानले आफ्नो रुपान्तरणको भिडियो सार्वजनिक गर्दै लेखिन्, ‘साराका अदा’

नायिका सारा अलि खान आफ्नो तौल घटाउनको लागि धेरै मेहनत गरेकी छन् । आफ्नो शारीरिक रुपान्तरण देखाउन उनी धेरै मन पराउँछिन् । भर्खरै पनि उनले आफ्नो ‘सारा का सारा’ देखि ‘सारा का अदा’ क्याप्सन सहित भिडियो पोस्ट गरेकी छन् ।

क्याप्सनमा लेखिएको छ, ‘नमस्ते दर्शकको लकडाउन इडिसन एपिसो २, ‘सारा का सारा देखि साराको अदा’ सम्म ।’ भिडियोमा साराको पहिला ज्यानको केही झलकहरु देख्न सकिन्छ । सारा हवाईजहाजमा मुस्कुराईरहेकी देखिन्छन् ।



भिडियोमा उनले गरेको व्यायामहरु, पौडिएको, मोटरसाईकल चलाएको, साईकल चलाएको, बक्सिङ हानेको भिडियोहरु छन्। उनले अन्तिममा आफ्नो भाई इब्राहिमसँग बलिउडको एक सिनमा उनी अभिनय गर्दै गरेको देखिन्छिन् ।

सारा अभिनय क्षेत्रमा आउनुभन्दा अगाडि ९६ के जी कि थिइन् । ‘कफि विथ करण’ कार्यक्रममा उनले आफूलाई पोलिसिस्टिक ओभरी सिन्ड्रोम भएको कारणले शरीरमा हर्मोनको सन्तुलन बिग्रीएर तौल बढेको बताएकी थिइन् ।

उनी कोलम्बियामा पढाईको सिलसिलामा रहँदा दोस्रो वर्ष अभिनय क्षेत्रमा लाग्ने भनेर निक्यौल गरेको र तौल घटाउन सुरु गरेको बताइन् । तर तौल घटाउन उनलाई धेरै नै गारो भएको उनले बताएकी छन् ।

https://www.instagram.com/tv/CAz76rxptwX/?utm_source=ig_embed

सम्बन्धित समाचार