मानिसलाई मात गर्न सक्ने इमानदार कुकुर, के ग-यो त त्यसले त्यस्तो?

चीनमा एक कुकुरले आफ्नो इमानदारीले सबैको मन जितेको छ । छिया बाओ – सातवर्षको कुकुर हो, वुहानको एक अस्पतालमा उसको मालिकलाई भर्ना गरिएको थियो । कोभिड – १९ को कारणले उसको मालिकको मृत्यु भईसकेको तीन महिना हुँदा पनि उ अस्पतालको गेट बाहिर आफ्नो मालिकलाई पर्खिरहेको छ ।

उनको मालिकलाई फ्रेब्रुअरीमा अस्पताल भर्ना गरिएको थियो । मालिकको मृत्युबाट उ बेखबर छ । मालिकको पर्खाइमा उ लबीमा बसिरहेको देखिन्छ । उसलाई अस्पतालका स्टाफहरुले खानेकुरा दिइरहेका छन् र ख्याल गरिरहेका छन् ।



कुकुरलाई अस्पतालबाट अन्य ठाउँमा लगिएको थियो । तर कुकुर बारम्बार फर्केर अस्पतालमा नै आउने गरेको छ । आफ्नो मालिक खोज्ने गरेको गरेको छ ।

कुकुर अस्पतालमा बस्दा समस्या भएको गुनासो आउन थालेपछि उसलाई वुहानको ‘स्मल एनिमल प्रोटेक्सन एशोशिएसन’ मा लैजान खबर गरिएको थियो । छियोलाई अस्पतालमा हुँदा दिनहुँ सफासुग्घर गरिने गरिएको थियो । अहिले कुकुर ‘एनिमल सेन्टर’ मा छ र पुन घरमा राख्ने व्यवस्था मिलाउने प्रयास भईरहेको छ ।

सम्बन्धित समाचार