पश्चिमी वायुको प्रभावले आगामी तीन दिन वर्षा

मुलुकभर पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभावकासाथै पूर्वी भू-भागमा बनेको निम्न चापीय रेखाको प्रभावले प्रदेश ५, गण्डकी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको हो ।

महाशाखाले बुधबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म नै मुलुकका पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको पूर्वानुमान गरेको छ ।



आगामी तीन दिनसम्म देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार