बलिवुडका चर्चित संगीतकार वाजिद खानको कोरोनाबाट निधन

बलिवुडका चर्चित संगीतकार वाजिद खानको ४२ बर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि किड्नीको समस्याबाट पिडित वाजिद कोरोनाको संक्रमणबाट मृत्यु भएको हो ।

वाजिदको मुम्बईस्थित सुराना अस्पतालमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । संगीतकार तथा गायक सलिम मर्चेन्टले वाजिदको मृत्यु भएको जानकारी दिएका छन् । वाजिदले केहि बर्ष अघि किड्नी ट्रान्सप्लान्ट गरेको र केहि समय अघिदेखि किड्नीमा इन्फेक्स्सन देखिएको बताइएको छ ।



उनी पछिल्लो चार दिन देखि भेन्टिलेटरमा रहेका थिए । आफ्ना भाई साजिद खानसँग बलिवुडमा सुपरहिट संगीत दिने संगीतकारको रुपमा उनी चर्चित थिए ।

उनले सलमान खानको फिल्म ुप्यार किया तो डरना क्याु बाट बलिवुडमा डेभ्यु गरेका थिए । त्यसपछि तेरे नाम, पार्टनर, दबंग लगायत कैयौं सलमानका फिल्ममा सुपरहित संगीत दिएका थिए । यसका अलावा उनका फेबिकोल से, राउडी राठोरको ‘चिन्ता ता चिन्ता चिन्ता’ जस्ता सुपरहिट गीतमा संगीत दिएका थिए ।

उनी इन्डियन प्रिमियर लिगको ‘धुम धुम’ नामक गीतमा समेत संगीत दिएका थिए । उनले आफ्ना भाइसँग मिलेर सारेगामापाको २०१२ सिजनको मेन्टरको भूमिका निभाएका थिए ।

योसँगै बलिवुडको साजिद-वाजिदको चर्चित संगीतकारको सांगीतिक जोडी टुटेको छ ।

सम्बन्धित समाचार