संक्रमितको व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे, लक्षण नभएका संक्रमितलाई घरमै राखिने

संक्रमितको व्यवस्थापन गर्न सरकारलाई हम्मेहम्मे पर्ने देखिएको छ । त्यसैले सरकारले कोरोना भाइरसको संक्रमितहरुको वर्गीकरण गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या बढदै गएपछि कोरोना भाइरसका संक्रमित र बिरामी छुट्टाउने तयारी थालेको हो । लक्षण भएका बिरामीलाई अस्पतालमा र कोरोना संक्रमण भएपनि बिरामी नभएकालाई घरमै राख्ने सोच सरकारले बनाएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

विरामी नपरेकालाई समेत अस्पतालको आइसोलेसनमा पठाउदा शैया अभाव र ब्यवस्थापनमा समेत चुनौती देखिएपछि बर्गिकरण गर्न लागिएको मन्त्रालयको भनाइ छ । कोरोना भाइरस संक्रमण देखिएपनि गम्भिर विरामीको लक्षण नदेखिएकालाई घरमै राख्नुपर्ने अवस्था आउन लागेको मन्त्रालयको भनाइ छ ।



क्वारेन्टिनको गुणस्तर बढाएर आइसोलेसन बनाउने तयारी पनि सरकारले थालेको छ । अहिलेसम्म प्राय सबै संक्रमितलाई आइसोलेसनमा राख्ने गरिएको छ । आगामी दिनमा भने विरामी परेकालाई मात्रै आइसोलेसनमा पठाउने गरी तयारी सरकारले अघि बढाएको छ । सोमबारसम्म देशभर १ हजार ५ सय ६९ जना विभिन्न अस्पतालका आइसोलेनमा भर्ना भएका छन ।

सम्बन्धित समाचार