लकडाउनको विरोधमा बौद्धका व्यापारीले पसल खोले

निरन्तरको लकडाउनले व्यवसाय चौपट भएको भन्दै मंगलबार बिहान बौद्धका ब्यापारीले पसल खोलेका छन्। व्यापारी हुल बाँधिएर आएर पसल खोलेपछि बौद्धमा केही समय अवस्था असहज बनेको थियो।

२५र३० जनाको समूहमा आएका व्यापारी धमाधम पसल खोल्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सरकारले जेठ ३२ सम्म लकडाउन लम्ब्याएपछि सरकारको निर्णयको विरोध भइरहेको छ। लकडाउनको मोडालिटी परिवर्तन गर्न र जनजिवनलाई सामान्यतर्फ फर्काउन सरकारमाथी दबाब परिरहेको छ।



सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ। पछिल्लो समय कलकारखाना खोलिएपनि अन्य भने ठप्पै छन्।

सम्बन्धित समाचार