
रुकुमको चौरजहारी घटनामा मारिएका गोविन्द शाहीको शव भेरी नदीमा फेला परेको छ । प्रेमिका भगाउन जाजरकोटबाट रुकुम पश्चिम पुगेका नवराज विकसहितका १८ जनामध्ये ६ जनाको शव नदीमा भेटिएको हो ।
अन्य १२ जना सामान्य घाइते भएका थिए । प्रहरीका अनुसार मंगलबार बेलुका करिब ६ बजे स्थानीयले शाहीको शव फेला पारेका हुन् ।
मृतक शाही भेरी नगरपालिका ११ का हुन् ।
