बुटवलमा जल्यो एमसीसी सम्झौता

विवादास्पद मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई ब्टवलमा जलाइएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले एमसीसी सम्झौता बुटवलमा जलाएका हुन् । सम्झौताको ७७ पृष्ठको नेपालीप्रति बुटवलको देवीनगरमा मंगलबार साँझ जलाइएको हो ।

सम्झौता जलाउँदै नेकपा रुपन्देहीका जिल्ला इन्चार्ज संगम पुनले एमसीसी देशको लागि घातक हुने दावी गरे । उनले संसदबाट एमसीसी पारित गरे पनि कार्यक्रम संचालन हुन नदिने घोषणा गरे ।



लुम्बिनी ब्युरोका नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा र कपिलवस्तु जिल्लामा समेत एमसीसी सम्झौता जलाइएको विप्लव समूहले जनाएको छ ।

सम्बन्धित समाचार